दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग

एजेन्सी

सोमबार, १४ माघ २०८१, १० : ५५
दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग

सोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलमाथि राजद्रोहको अभियोग लगाइएको छ । डिसेम्बरमा मार्शल ल लगाउने अफसल प्रयासपछि उनीमाथि उक्त अभियोग लगाइएको हो ।

डिसेम्बरको शुरुमा येओलले लगाएको ‘मार्शल ल’ (सैन्य शासन)लाई सांसदहरूले उल्ट्याएपछि दक्षिण कोरिया राजनीतिक संकटमा फसेको छ । अभियोग लाग्ने उनी देशको इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।

शनिबार सोलको एक अदालतले येओलको हिरासत अवधि बढाउन अस्वीकार गरेपछि उनीमाथि अभियोग लगाइएको हो । यसको अर्थ सोमबार अघि नै अभियोजनकर्ताहरूले उनीमाथिको अभियोगलाई गाडि बढाउने कि उनलाई रिहा गर्ने भनेर निर्णय गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस