ठाकुरबाबा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताएका छन् ।
मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्वप्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताए ।
उनले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरणसमेत गरे ।
बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको बताउँदै सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्यमा कानुनी रूपमा अब कुनै अवरोध नहुने उनले प्रस्ट पारे ।
अध्यक्ष दाहालले दुई महिनाभित्र सत्य निरूपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले काम थाल्ने जानकारी दिँदै, ‘सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा विभिन्न जिल्लामा ऐतिहासिक बलिदान स्थलहरूमा पार्क निर्माण गरिने र पीडित परिवारलाई राहत दिइनेछ, एक सदस्यलाई रोजगारीको ग्यारेन्टीसमेत हुनेछ ।’
सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उनले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ चैत्र २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड
तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग
शान्ति प्रक्रियाबारे राजनीतिक तहमा तिक्तता बढोस् भन्ने चाहन्नँ : प्रचण्ड
संविधानको समीक्षा गरौं, त्यसपछि मात्र संशोधनको बहस गरौंला: प्रचण्ड
शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड
जागरण अभियानले जनतामा माओवादीप्रति भरोसा बढाएको छ : अध्यक्ष प्रचण्ड