त्रिविको २४ क्याम्पसमा प्रमुख नियुक्त (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २९ पुस २०८१, १२ : १८
त्रिविको २४ क्याम्पसमा प्रमुख नियुक्त (सूचीसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

प्रमुख नियुक्ति नहुँदा लामो समयदेखि क्याम्पस निमित्तको भरमा थिए । गत असोजमा त्रिविले छनोट समिति बनाएको थियो । छनोट समितिले नाम सिफारिस गरेपछि परिषद्ले नियुक्ति गरेको हो ।

प्राप्त विवरण अनुसार शंकरदेव क्याम्पसको प्रमुखमा सहप्रा कपिल खनाल, रत्नराज्य लक्ष्मी क्याम्पस-सहप्रा पदमकुमार अधिकारी, नेपाल कमर्श क्याम्पस-सहप्रा जितेन्द्रप्रसाद उपाध्याय, भैरवहा क्याम्पस-लक्कीप्रसाद जोशी, ललितकला क्याम्प-उपप्रा यामप्रसाद शर्मा, सानोठिमी क्याम्पस-उपप्रा माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस-सहप्रा लालमणि आचार्य, सुर्खेत बहुमुखी क्याम्पस-सहप्रा माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस-उपप्रा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पस-सहप्रा रघुवीर विष्ट, बुटवल बहुमुखी क्याम्पस-उपप्रा अरुणकुमार क्षेत्री, रामस्वरुप रामसागर क्याम्पस-प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखी-सहप्रा पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस-प्राध्यापक हरिप्रसाद पाठक, सूर्यनारायण सत्यनारायण क्याम्पस-सहप्रा राजेश्वरप्रसाद यादव, डोटी बहुमुखी क्याम्पस-सह दिलानन्द जोशी, त्रिभुवन बहुमुखी क्याम्पस-उपप्रा टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पस-उपप्रा प्रकाशचन्द्र खत्री, वनविज्ञान अध्ययन संस्थान पोखरा-सहप्रा नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ-उपप्राध्यापक रामकुमार श्रेष्ठ, पक्लिहवा क्याम्पस-सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पस-सहप्राध्यापक देवीप्रसाद आचार्य, केन्द्रीय प्रविधि क्याम्पस धरान-प्राध्यापक बसन्तकुमार राई र धौलागिरि बहुमुखी क्याम्पसको प्रमुखमा सहप्रा सुदर्शन सिलवाल नियुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस