स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : दुई जना धरौटीमा रिहा

सफल खबर संवाददाता

बुधबार, २४ पुस २०८१, १२ : २१
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : दुई जना धरौटीमा रिहा

काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार दुई जना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । प्रहरीका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन ।

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।