काठमाडौं। हामासले गाजा क्षेत्रबाट शनिबार थप ३ इजरायली बन्धकलाई रिहा गर्ने तयारी गरेको छ। हामासले ती बन्धकहरूको नाम एली शाराबी, ओहद बेन अमी र ओर लेभी रहेको जनाएको छ।
यसअघि जनवरी १९ मा युद्धविराम शुरू भएयता १८ बन्धक रिहा भइसकेका छन्। इजरायलले हालसम्म ३८३ प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरेको छ भने शनिबार थप १८३ कैदीलाई रिहा गर्ने बताएको छ।
युद्धविरामको पहिलो चरण ३ सातासम्म जारी रहनेछ, जसअनुसार ३३ इजरायली बन्धक र १,९०० प्यालेस्टिनी कैदीहरूको रिहाइ गरिनेछ। इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ८ बन्धकको मृत्यु भइसकेको छ।
नेपाली नागरिक विपिन जोशी अझै हमासको नियन्त्रणबाट रिहा भएका छैनन् । नेपालले विपिनको रिहाइका लागि पहल गरिरहेको छ । विपिनको सम्बन्धमा आजसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु
गाजामा इजरायली आक्रमण, १२ जनाको मृत्यु
गाजामा इजरायली आक्रमणबाट १०० प्यालेस्टाइनीको मृत्यु
इजरायली सेनाले नियन्त्रणमा लियो गाजाबाट इजिप्ट जाने सीमा
इजरायली आक्रमणबाट गाजामा ९ हजार महिलाको मृत्यु