हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

सफल खबर संवाददाता

मंगलबार, २३ पुस २०८१, १६ : ३३
हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय  ध्वजाबाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्नका लागि राष्ट्रिय  ध्वजाबाहक बलियो हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज उनले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे । मन्त्री पाण्डेले भने, ' हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौँ ।

मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस