पर्वत। पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।
घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
श्रीनगर महोत्सवमा आगलागी, ८० स्टल जले
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
सिंहदरबारस्थित खानेपानी मान्त्रालयमा आगलागी
प्लास्टिक उद्योगमा आगलागी, ४ करोडभन्दा बढी क्षतिको अनुमान