गाजा । इजरायलले फेरि गाजामा हवाई हमला गरेको छ । शनिबार राति गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस हवाई आक्रमणमा मारिनेमा कम्तीमा दुई बालबालिका पनि भएको बताइएको छ ।
अमेरिकी समाचार संस्था एपीमा छापिएको समाचारका अनुसार हमासले केही बन्धकहरूको भिडियो जारी गरेको थियो । त्यसपछि इजरायलमा ठुलो सङ्ख्यामा मानिसले र्याली निकाले । त्यसपछि इजरायलले यो हवाई हमला गरेको थियो । यो आक्रमणलाई भिडियोको प्रतिक्रियाका रूपमा हेरिएको छ ।
हमाससँग सम्बद्ध सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा हवाई हमलाले गाजा सहरको सराया कम्पाउण्ड पछाडिको आवासीय क्षेत्र ध्वस्त भएको छ । यस क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको बताएको छ । यस बाहेक शनिबार साँझ इजरायली आक्रमणमा बुरेजमा तीन र मध्य गाजामा तीन जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु