काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले २०२५ देखि २०३५ लाई पुनः ‘पर्यटन दशक’ मनाउने बताएका छन् । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
यसअघि सरकारले भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने योजना बनाएको थियो । यसलाई कोरोना महामारीले असर गरेको थियो । त्यसयता सरकार र पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सकेका छैनन् ।
सरकारले २०२३ देखि मनाउने भनेको पर्यटन दशक कार्यविधि अभावले मनाउन नसकिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।‘सरकारले पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन,’ मन्त्री पाण्डेले भने, ‘सरकारले अब २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी
पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित