बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

सफल खबर संवाददाता

मंगलबार, १६ पुस २०८१, ०८ : ३०
बैतडी केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ  । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । 

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।  आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 

विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस