काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सोमबार समितिको बैठकमा बोल्दै माओवादी साम्सद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागि समेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए ।
‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छाया यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’
विगतका कतिपय गलत अभ्यासलाई देखाएर गलत अभ्यासलाई नै निरन्तरता दिन राम्रो नहुने उल्लेख गर्दै उनले दोहो¥याए, ‘लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे निर्णयमा पुग्न लेखा समितिद्वारा बैठक आह्वान
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण
माओवादीले माग्यो लेखा समिति सभापति
टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन