काठमाडौँ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको छ ।
उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते संयुक्त राष्ट्र सङ्घको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो । उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो ।
“उक्त सुरक्षा पोष्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ”, नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त