उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष

सफल खबर संवाददाता

आइतबार, ०७ पुस २०८१, १३ : ३२
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनको गम्भीर समीक्षा गरेको छ । राप्रपाले उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि अधिकांश स्थानमा सुधार भएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षमा शनिबार पार्टी केन्द्रीय कार्यालय भएको कार्यसम्पादन समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकले राप्रपाको केन्द्रीय कार्य समिति बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हरेक वर्ष जस्तै उत्सवको रूपमा मनाउने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस