काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान गरिएको छ । मलेसियामा इथिकल रिक्युटमेन्ट गर्दै आएको आकर्षण इन्टरनेशनले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर पुनः एकीकरणका लागि सचेतना अभियान गरेको हो ।
सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार भन्ने नाराका साथ आज विश्वभर आप्रवासन दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी र निजी क्षेत्रबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
विगत लामो समयदेखि मलेसियामा शून्य लागतमा कामदार पठाउँदै आएको आकर्षणले सचेतनाका विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकहरूलाई पुनः एकीकरण गर्दै विभिन्न सीपमूलक कार्यमा लगाउने योजना सरकारको छ ।
उनीहरूले विदेशमा सिकेको सीप र आर्जन गरेको पैसाले नेपालमै रोजगारीका अवसर सिर्जना गराउने उद्देश्यले सरकारले पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १४ : ०९
लेखकबाट थप