इलाम । इलाममा भएको आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका-४ मंगलबारे बस्ने ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवा रहेका छन् ।
माई नगरपालिका-२ रातेखाडी बस्ने ठकबहादुर लिम्बुको घर नजिकै रहेको उनकै परालको कुन्युमा सोमबार राति आगलागी भएको थियो । आगलागीमा जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यता, विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित रिद्धी सिद्धी सिमेन्ट उद्योगमा रहेको कोइला गोदाममा सोमबार बेलुकी आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
सल्यान, कालिमाटी गाउँपालिका-४ खारखोला बस्ने ४२ वर्षीय देव बहादुर रूचालको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
डोटी, जोरायल गाउँपालिका-२ बस्ती बस्ने ४० वर्षीय नयाराम पल्ली मगरको घर नजिकै रहेको कच्ची चिया पसलमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
कोहलपुरमा फेन्सी पसलमा आगलागी
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति