काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकासका लक्ष्य प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोत हुँदाहुँदै पनि दिगो विकास लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण प्रगति भएको बताएका हुन् ।
अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्वपूर्ण मुद्दा भएको उनले बताए । अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रूपमा रहेको बताए ।
अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री पौडेल
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री
जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा हो : अर्थमन्त्री पौडेल
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक: अर्थमन्त्री पौडेल