काठमाडौँ । सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका-१० निपनी चोकबाट २ किलो ८ सय ६४ ग्रामसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी र रत्ननगर-१० बस्ने ४६ वर्षीय सरद लम्साल रहेका छन् ।भण्डारीलाई प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै, लम्साललाई रत्ननगर टाँडीबाट पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु