एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासले मारिनेमा मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर पनि रहेको जानकारी दिएको छ।
त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ भने १० जना उपचारका लागि आएको चिकित्सकहरुले बताएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चासहित सात जनाको मृत्यु भएको छ। इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ। इजरायलले धेरै पटक विद्यालयलाई हमासले आफ्नो आधारका लागि प्रयोग गरिरहेको बताएको छ, तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।
गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत
गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी
१ सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ
गाजामा फेरि इजरायली आक्रमण तीब्र, स्कुलमा दुई बच्चासहित ८ मारिए
गाजामा मारिने संख्या रिपोर्ट गरिएभन्दा धेरै नै बढी : अध्ययन
गाजामा इजरायलले गरेको हवाई हमलामा फेरि २१ जनाको मृत्यु