काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको पनि आज मूल्य बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।
यसअघि गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा पुगेको थियो। हिजो भने अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसामा झरेको थियो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८३ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १७ पैसा थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर