दशैँमा पाँच केजी चामल पाइएन

बुधबार, ०७ कार्तिक २०७५, १७ : ०५
दशैँमा पाँच केजी चामल पाइएन

हुम्ला । बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । 

स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल खाद्य समितिका अध्यक्ष दानबहादुर राउतले पटक पटक बैठकमार्फत केन्द्रसँग १५ हजारदेखि २० हजार क्वीन्टलसम्म माग गरे पनि जिल्लाका हाल ६ हजार क्वीन्टल मात्रै पाइएको बताउनुभयो । नेपालगञ्ज र सुर्खेतमा रहेका मकालु, तारा, सीता र उमा एयरले ढुवानी नगर्दा चामल नेपालगञ्ज र सुर्खेतमै थन्किएको छ । 

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढु्ङ्गानाले भन्नुभयो,“अञ्चल विभाग र आपूर्ति मन्त्रालयमा पत्राचार गरिसकिएको छ, दशैँमा नपाए पनि सर्वसाधारण जनतालाई १० केजीदेखि १५ केजीसम्म दिन पाए हुम्लीहरुले भाइटीका मनाउन पाउने थिए । ” (रासस)

प्रतिक्रिया दिनुहोस