काठमाडौं । सेयर बजार मंगलबार ६.३२ अंकले घटेको छ । सेयर बजार ०.२३ प्रतिशतले घटेर २६६९ विन्दूमा पुगेको छ । बजार घटेको दिन कारोबार रकम पनि जम्मा ४ अर्ब ४१ करोड रुपैयाँमा सिमित भएको छ । बजार घटेका कारण १४८ कम्पनीले गुमाएका छन भने ८५ कम्पनीको मात्रै सेयर मूल्य सकारात्मक रहेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावर ७.६७ प्रतिशतले, खानीखोला हाइड्रोपावर ७.५३ प्रतिशतले, गणपति लघुवित्तको ६.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी गुमाउने एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ । आज लाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
मंगलबारको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ३०३ कम्पनीको ८७ लाख ६७ हजार कित्ता सेयरको ५२ हजार ७०५ पटक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार