काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको समाचार आजको राजधानीले पहिलो पृष्ठमा समाचार छापेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए ।
उनीहरुले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टीमिभ नयाँ गुटको जन्म दिएका हुन् ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउन प्रतिवद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएजस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ कार्तिक २०७५, ०७ : ३४
लेखकबाट थप