काठमाडौँ । सेयर बजार परिसूचक झण्डै २५ अंकले घटको छ । साताको चौथो दिन बुधबार परिसूचक २४.९७ विन्दुले घटेर २७५०.८७ अंकमा आइपुगेको हो । बजारमा आज ९ अर्ब १३ करोड रुपैयाँ बराबरको २ करोड कित्ता भन्दा धेरै शेयर कारोबार भयो ।
आज बजारमा १०४ कम्पनीको शेयरमूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर रहेको देखिन्छ ।
उपसमूहका आधारमा आज हाइड्रो, उत्पादनमूलक उद्योग र माइक्रोफाइनान्स समूह सामान्य रूपमा बढ्दा बाँकी उपसमूहका सूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.९४ प्रतिशतले घटेको देखिन्छ ।
बजारमा आज खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल हाइड्रोपावरका सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, एलआईसी नेपालको नकारात्मक सर्किट लाग्दा विशाल बजार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।
विगत दुई सातामा मात्रै झण्डै ७५ प्रतिशत मूल्य बढेको उक्त कम्पनीको मूल्य आज प्रतिकित्ता ६४२ घटेर ६ हजार ३७२ रुपैयाँमा झरेको हो ।आज कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर र कारोबार भएको शेयर सङ्ख्या र कारोबार सङ्ख्याको आधारमा आँखुखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि