बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ । कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो ।
आइतबारदेखि नयाँ उडानका लागि अनुमित नमागेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतले रातोपाटीलाई बताए । उनले भने, ‘नोभेम्बर ३० सम्म अनुमति मागेको थियो । नयाँ के गर्छ अझै भन्न सकिन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाले मङ्सिर १६ पछि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको छैन । अहिलेसम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ ।
यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
यस क्षेत्रका पर्यटन व्यवसायीले यसलाई नियमित बनाउनुपर्ने आवाज उठाइरहेका छन् । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् । कतार एयरको उडान रोकेपछि व्यवासयीहरु फेरि निराश बनेको नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहाबाट आएको कतार एयरवेजको जहाज भैरहवा अवतरण
आजदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज
कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदै