काठमाडौ । कतार एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट उडान भर्ने भएको छ ।
मंगलबारदेखि ३० गतेसम्म १९ वटा उडान गर्ने गरी कतार एयरवेजले अनुमति पाएको जीबीआईएले जनाएको छ ।
विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले मंगलबारदेखि कतार एयरवेजले हप्तामा सातै दिन दोहा–भैरहवा–काठमाडौं-दोहा उडान गर्ने बताए ।
कतार एयरवेजको जहाज दिउँसो २:४५ मा भैरहवा अवतरण हुनेछ । भैरहवामा दुई घण्टा बसरे ४:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने छ । काठमाडौंबाट साँझ ६:५५ बजे दोहा प्रस्थान गर्ने तालिका छ।
योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फलाई दुबई र थाइ एयर एशियाले उडान थालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा कतार एयरवेजको उडान स्थगित
दोहाबाट आएको कतार एयरवेजको जहाज भैरहवा अवतरण
कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदै