काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण गर्ने सरकारी र निजी क्षेत्रका गरी ७९ जना रहेका छन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नेछन् । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली