चीनसँग हुने विकास योजना समझदारी पत्र स्वीकृत

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०८१, २१ : १४
चीनसँग हुने विकास योजना समझदारी पत्र स्वीकृत

काठमाडौँ । सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस