चितवन। पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि बयानका लागि चितवन ल्याइएको छ । भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाललाई चितवन ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार पूर्वडीआईजी जोशीका साथै रामबहादुर ढकाललाई पनि चितवन ल्याइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन ल्याउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा
छविलाल जोशीसँग आज पनि बयान शरु
सहकारी ठगी प्रकरण: पूर्वडीआईजी जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति