छविलाल जोशीसँग आज पनि बयान शरु

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १२ : २२
छविलाल जोशीसँग आज पनि बयान शरु

बुटवल । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ भैरहवा ल्याइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले बताए । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पाैडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धान लागि बयान लिन पठाएको हो । हिजो ल्याएका जोशीलाई  सकभर आज नभए भोलि पठाउने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस