काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालको लगातार विकेट गएको छ । २४ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ७३ रन मात्र बनाएको छ । टिकेर खेलिरहेका ओपनर आकाश त्रिपाठी २३.५ ओभरमा क्याच आउट भएसँगै नेपाल दबाबमा परेको हो ।
आकाश ७७ बलमा ४३ रन जोड्दै आउट भए । अहिलेसम्म अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेको छैन । मयान यादव ४, नरेन भट्ट ४ र सन्तोष यादब ७ रनमा आउट भए । अर्जुन कुमालले खाता खोल्न सकेनन् । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल