काठमाडौं । वीर अस्पतालमा वार्डमा पुगेर औषधिको प्रचार गर्ने बिचौलियालाई प्रवेश निषेध गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई बेडमा पुगेर औषधि पसलको नाम र ठेगाना सहित कार्ड विवरण गर्नेहरु बढेपछि उनीहरुलाई प्रवेशमा रोक लगाइएको हो ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै औषधि र औषधिजन्य सामान कम मूल्यमा मिलाइदिने भन्दै अस्पतालको बेड–बेडमा बिचौलियाको बिगबिगी बढेपछि अस्पताल प्रवेशमा उनीहरुलाई रोक लगाइएको जनाएको छ ।
‘बेडमा गएर कार्ड समेत दिने गरेका रहेछन् । अहिले हामीले त्यस्ता शंकास्पद व्यक्तिलाई अस्पताल परिसरमा रोक लगाएका छौं’, अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने, ‘यस्ता व्यक्ति भेटिएको खण्डमा अब कानुनी कारबाही गर्छौं ।’
त्यस्ता व्यक्तिहरू अस्पताल प्रवेश गरेको पाइएमा अस्पतालका सुरक्षा गार्ड तथा प्रहरीलाई जानकारी दिन पनि सर्वसाधारणलाई अस्पतालले अपील समेत गरेको छ ।
अस्पतालमा खासगरी बहिरंग सेवा (ओपीडी), इमर्जेन्सी तथा अन्तरंग सेवा (भर्ना भएका)का बिरामीका लागि औषधि तथा औषधिजन्य सामानहरू अस्पतालमा सञ्चालित फार्मेसीबाट उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ ।
यस्तै स्वास्थ्य बीमामा आवद्ध तथा अन्य बिरामीलाई निश्चित ब्राण्ड वा कम्पनी तोकी औषधि तथा औषधिजन्य सामग्री सिफारिस नगर्न र अस्पताल फार्मेसीबाट उपलब्ध गराइएका औषधि र औषधिजन्य ब्राण्ड वा कम्पनी नमिलेको आधारमा फिर्ता नगर्न नगराउन पनि अस्पतालले भनेको छ । प्रशासनले यस्ता कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन : उपकुलपति बस्नेत