काठमाडौँ । गृह मन्त्रालयले केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने काम गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य त्यस्ता अभिव्यक्ति सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विभिन्न जातजाति, धर्म सम्प्रदायबिचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरूलाई निरुत्साहित गर्न विभिन्न कानुनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराध मानेको पनि मन्त्रालयले स्मरण गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान