मन्त्री अर्याललाई मातृ शोक

मंगलबार, ०६ कार्तिक २०७५, ०८ : २८
मन्त्री अर्याललाई मातृ शोक

स्याङ्जा  । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहनुभएकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो । 

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व अर्यालको आज रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस