काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् । अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका केन्द्रीय सदस्यहरुले बताएका छन् ।
राजपाले आगामी वैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टी विधानबारे केन्द्रीय सदस्य नै अनभिज्ञ शिर्षकमा आजको कारोबारमा यो समाचार छापिएको छ ।
पार्टीले कुन संगठनात्मक ढाँचाअनुसार महाधिवेशन गर्न लागेको हो, सोबारे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने र आयोगको अनुमति आवश्यक हुने भएकाले विधान आयोगमा पठाइएको हो ।
पार्टीका नेताहरुका अनुसार, निर्वाचन आयोगले यही साता विधानको अनुमोदित कपी उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ कार्तिक २०७५, ०७ : ०३
लेखकबाट थप