काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन् ।
मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ ।
भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
भारत भ्रमणमा ईपीजीको विषय उठाएनौँ : परराष्ट्रमन्त्री राणा
जयशंकरसँगको भेट फलदायी भयो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र कतारी राजदूतबीच भेटवार्ता