जयशंकरसँगको भेट फलदायी भयो : परराष्ट्रमन्त्री राणा

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, १९ : १४
जयशंकरसँगको भेट फलदायी भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी हुन् ।

उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

परराष्ट्रमन्त्री राणा हाल भारत भ्रमणमा रहेकी छन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको यो पहिलो भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस