काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै भएको भारत भ्रमणबारे जानकारी गराएकी थिइन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।
भारतीय पक्षसँग भएको भेटमा दुई देशका संयन्त्रहरूलाई सक्रिय बनाउने विषयमा कुराकानी भएको मन्त्री देउवाले जानकारी दिइन् ।पञ्चेश्वर परियोजना, एयर रुटबारे कुराकानी भएको भन्दै उनले भनिन्, ‘बाउन्ड्री वर्किङ ग्रुपको कुरा भएको छ । उहाँहरूले हुन्छ भन्ने कुरा राख्नु भएको छ । तर यस्तै गर्ने भन्ने भएको छैन ।’
भेटवार्ताहरूमा आफूले ईपीजीको प्रतिवेदनको विषय भने नउठाएको उनले बताइन् । दुवै देशका प्रतिनिधिहरूले बनाएको यो प्रतिवेदन उपयुक्त समयमा बुझ्ने उनको विश्वास छ ।
मन्त्री देउवाले अगाडि भनिन्, ‘यो पालिको भ्रमणमा चाहिँ हामीले पनि उठाएनौँ, हामीले पनि उठाएनौँ । दुवै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल–कारबाही हुन्छ होला भन्नेमा आशावादी छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
जयशंकरसँगको भेट फलदायी भयो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र कतारी राजदूतबीच भेटवार्ता