सप्तरी । राजगढ गाउँपालिका-४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका-४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् । निजलाई आज अदालतमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०४ मंसिर २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु