काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् ।
ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताए ।
राष्ट्रपति पौडेलले भने– ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेका यही कारण हो ।
उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताएका छन्। राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले ज्ञान सरोवर एकेडेमीमा बनेका चार धामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताए । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्दत पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधित: राष्ट्रपति पौडेल
संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले गरे अन्त्य
दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति पौडेल