काठमाडौं । चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।
दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
त्यस्तै मोरङ बेलबारी नगरपालिका–९ डेरा गरी बस्ने तुमकागाउँ आमदाङ भारतका ३६ वर्षीय बिफल मण्डलको करेण्ट लागेर शनिबार मृत्यु भएको हो ।
टिभिमा जोडिएको केवल तार छुटाउन जाँदा विद्युत सर्ट भई करेण्ट लागेर गम्भीर घाइते भएका मण्डलको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०७५, १८ : २८
लेखकबाट थप