काठमाडौँ । नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये ३ जना निर्विरोध निर्वाचित गरेको छ । एक उपाध्यक्ष एक उपसचिवका लागि सहमतिको प्रयास भइरहेको छ ।
बुधवार सुरु भएको पाँचौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा नरेन्द्र न्यौपानेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।
त्यस्तै महिला उपसचिवमा बिनिता काफ्लेका नाममा पनि सहमति जुटेको एमाले नेता माधव ढुङ्गेलले जानकारी दिए । बाँकी पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ । अधिवेशनले ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । एमालेमा भूगोल र गैरभूगोल गरी ८१ वटा जिल्ला कमिटी छन् ।
युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भई सदस्य लिएकाहरू यो कमिटीमा रहन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने