राप्रपा केन्द्रीय कार्य समिति बैठक बस्ने

आइतबार, १६ पुस २०७४, १४ : २२
राप्रपा केन्द्रीय कार्य समिति बैठक बस्ने

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न आगामी पुस तेस्रो साता पार्टी केन्द्रीय कार्य समिति बैठक आह्वान गरेको छ । अध्यक्ष कमल थापाले निर्वाचनको समीक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आगामी पुस १९,२० र २१ गते पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिएका हुन् ।

बाँकेको नेपालगञ्जमा स्थानीय संचारकर्मीमाझ उनले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेपनि पार्टीले लिएको नीति र कार्यदिशा भने उपयुक्त रहेको दावी समेत गरे । उपप्रधानमन्त्री समेत रहेका थापाले निर्वाचन परिणामबाट विचलित नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष थापाले पार्टीको भावी रणनीति र कार्यदिशा तय गरी मुलुकलाई अघि बढाउन आफ्नो पार्टी सफल हुने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस