प्रचण्ड र डा. बाबुराम भट्टराईबीच भेटबार्ता

आइतबार, १६ पुस २०७४, १४ : ०१
प्रचण्ड र डा. बाबुराम भट्टराईबीच भेटबार्ता

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटबार्ता भएको छ ।

आज बिहान ललिपुरको खुमलटार स्थित प्रचण्डको निजि निवासमा प्रचण्ड र डा. भट्टराईबीच भेटवार्ता भएको हो । भेटमा आर्थीक विकास र सुशानका विषयमा कुराकानी भएको बताइएको छ । तर सरकार गठनको तयारीमा लागेका प्रचण्डलाई पूर्वसहयोद्धा डा. बाबुराम भट्टराईले भेट्दा उनिहरुबीच सरकार गठन सम्बन्धि कुनै छलफल भएन भन्न सकिन्न ।

माओवादी केन्द्रबाट बाहिरिएर नया शक्ति, नेपाल पार्टी खोलेका डा. भट्टराई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । र यो स्वभाविक पनि हो ।

नयाँ सरकारमा  डा. भट्टराईलाई पनि सहभागी गराउने हल्लालाई आजको यो भेट पश्चात थप पृृक्ष्ठारोपण पारेको छ । भेटमा डा. भट्टराईसँग नयाँ शक्तिकी नेतृ हिसिला यमि पनि सहभागी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस