पाल्पामा एक किशोरी बलात्कृत

शुक्रबार, ०२ कार्तिक २०७५, १५ : ०५
पाल्पामा एक किशोरी बलात्कृत

काठमाडाैँ । पाल्पामा एक किशोरी बलात्कृत भएकी छन् । तिनाउ गाउँपालिका–२ की १९ वर्षीय किशोरी गएराति बलात्कृत भएकी हुन् ।

उनलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कारको घटना थाहा पाउनासाथ प्रहरी निरीक्षक अमृत भण्डारी र दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीको टोलीले गाहालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

पक्राउ परेका गाहाको थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस