काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्ने बताएका छन् । काठमाडौंको बूढानीलकण्ठ मन्दिर प्राङ्गणमा आजबाट शुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
'बूढानीलकण्ठको आशीर्वाद सबैले पाउनुहुनेछ भन्ने विश्वास छ,' उनले भने, यसलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्छु ।'बूढानीलकण्ठलाई विश्व सम्पदा सूचीमा राख्न सकेमा यसको अझै प्रचार-प्रसार हुने पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको विश्वास छ ।
बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुल व्यवस्थापन गर्ने उद्देश्यका साथ हरिबोधनी एकादशी मेलाको अवसर पारेर महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञबाट संकलित रकमबाट बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुलको निर्माण गर्ने योजना रहेको मन्दिरका मठाधीश निगमानन्दले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा