गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको आँंल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको बताएका छन् ।
उनले शुक्रबार गाजामा अस्पताल, बिरामी तथा सर्वसाधारणमाथि बारम्बार भइरहेको इजरायली आक्रमणलाई औंल्याउँदै यसले मानिसहरूलाई दक्षिणमा विस्थापित गर्ने र उत्तरी क्षेत्र खाली उद्देश्यले प्यालेस्टिनीको आर्थिक स्रोतलाई जानाजानी लक्षित गरिरहेको बताएका छन् ।
उत्तरी गाजामा प्रवेश गर्न गत अक्टोबर–७ देखि संयुक्त राष्ट्रका एजेन्सीहरूले भोग्नुपरेको कष्टलाई उल्लेख गर्दै उनले गाजा पूर्ण रूपमा नष्ट भएको क्षेत्रमा परिणत भएको उल्लेख गरेका हुन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार गाजा पट्टीमा चलिरहेको इजरायली आक्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ४३ हजार ५०८ पुग्नुका साथै एक लाख दुई हजार ६८४ जना घाइते भएको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु