चितवनको जलबिरे बस दुर्घटना : ३ जनाको मृत्यु, २३ जना घाईते

शुक्रबार, ०२ कार्तिक २०७५, ०६ : ५७
चितवनको जलबिरे बस दुर्घटना : ३ जनाको मृत्यु, २३ जना घाईते

चितवन :  नारायणगढ– मुग्लिन सडकखण्डको जलबिरेमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुने ३ जना पुरुष छन् ।

मृत्यु हुने मध्ये अहिलेसम्म एक जनाको मात्र सनाखत हुन सकेको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा जिल्ला मेची नगरपालिका ८ का ३५ बर्षिय उदयमान राजबंशीको सनाखत भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने जलबिरेमा गएराति २ बजेको समयमा यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
काकडभिट्टाबाट पोखरा गइरहेको ना ५ ख ४३८३ नम्बरको बस जलबिरेको मन्दिर नजिकैको खोल्सामा खस्दा सो दुर्घटना भएको हो ।  

घटनामा घाइते भएका २३ मध्ये २२ जनाको पुरानो मेडिकल कलेज र १ जनाको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 


 

प्रतिक्रिया दिनुहोस