यस्ताे छ विजयादशमीकाे शुभ-साइत

शुक्रबार, ०२ कार्तिक २०७५, ०७ : २८
यस्ताे छ विजयादशमीकाे शुभ-साइत

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेकाे जनाएके छ ।

दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।

साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको भनिए पनि यद्यपि, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विजया दशमीका दिन विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको पनि समितिले जनाएको छ ।

देवी विसर्जन गरिसकेपछि विहान ९ बजेर ५१ मिनेट टीकाका लागि उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए ।

उनले राज्य सञ्चालनमा रहेकाहरुले साइतमै टीका लगाउनु उत्तम हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस