अत्याधिक मदिरा सेवनबाट एक जनाको मुत्यु

विहीबार, ०१ कार्तिक २०७५, १४ : १४
अत्याधिक मदिरा सेवनबाट एक जनाको मुत्यु
गोरखा : अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ ।


मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस