सर्लाही । गोडैता नगरपालिका-१२ बाट सोमबार पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन् ।
उनीहरुको साथबाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ